
काठमाडौं । शनिबार बिहान खसेको सुख्खा पहिराले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
चितवनकाे इच्छाकामना गाउँपालिका–६ मा पर्ने चारकिलोमा सुख्खा पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको चितवनका डीएसपी प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।
पहिरो पन्छाएर सडक खुलाउनका लागि सडक डिभिजनसँगको समन्वयमा प्रहरी टोली खटिएको अधिकारीको भनाइ छ ।
सडक अवरुद्ध भएपछि गन्तव्यमा हिँडेका सवारी र यात्रु अलपत्र परेका छन् ।














