Logo
Logo

व्यवसायीका समस्या समाधान गर्न राष्ट्रिय व्यापार संघको आग्रह


1.6k
Shares

काठमाडौं । राष्ट्रिय व्यापार संघले व्यवसायीका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ । सङ्घले शनिबार आयोजना गरेको काठमाडौँ महानगरपालिका–२२ र २४ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा व्यवसायीहरुले व्यवसाय दर्तादेखि घरभाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चीनकाजी महर्जनले न्यूरोड क्षेत्रमा देखिएका व्यवसायीको समस्या समाधान गर्न जनप्रतिनिधिको सधँै साथ र समर्थन रहने बताए । ‘जनप्रतिनिधि र व्यवसायी मिल्ने हो भने न्यूरोड क्षेत्रको अधिकांश समस्या समाधान हुन्छ’ उनले भने ।

अध्यक्ष महर्जनले आफ्नो वडाले व्यवसायीबाट वार्षिक रु १२ करोडभन्दा बढी रकम राजस्व उठाउने गरेको बताउँदै यस क्षेत्रको समस्या समाधानका लागि पनि वडाले खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौँ महानगरपालिका–२४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले व्यवसायीको लगानीको सुरक्षा गर्न स्थानीय सरकार कटिबद्ध भएर लाग्ने विश्वास दिलाए ।
उनले बजारलाई सुरक्षित बनाउनक

प्रतिक्रिया दिनुहोस्