जाजरकोट । जाजरकोटमा एक वडाध्यक्ष सुतेकै ठाउँमा मृत भेटिएका छन् । जाजरकोटको कुसे गाउँपालिका–७ का वडाध्यक्ष शनिबार बिहान मृत भेटिएका हुन् ।

शुक्रबार राति खाना खाएर सुतेका वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए । स्थानीयले वडाध्यक्ष ओछ्यानमै मृत भेटिएको भन्दै खबर गरेपछि अनुसन्धानका लागि घटनास्थलतर्फ प्रहरी पठाइएको सहायक प्रजिअ केसीले जानकारी दिए । घर्ती स्थानीय तह निर्वाचन–२०७९ मा नेपाल माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् ।














