Logo
Logo

मेलिलाको घटना आप्रवासीले ‘प्रादेशिक अखण्डता’ मा गरेको हस्तक्षेप भएको स्पेनी प्रधानमन्त्रीको दावी


315
Shares

म्याड्रिड । मेलिलाको घटना आप्रवासीले ‘प्रादेशिक अखण्डता’ मा गरेको हस्तक्षेप भएको स्पेनी प्रधानमन्त्रीको दावीे
म्याड्रिड । मेलिलाको सिमानामा भएको आप्रवासी गतिविधिलाई स्पेनले भौगोलिक हस्तक्षेप बताएको छ । मोरक्कोको नादोर र मेलिलाबीचको सिमाना नाघेर दुई हजार आप्रवासी स्पेन प्रवेश गर्न लागेपछि दुवै देशका सुरक्षा अधिकारीले नियन्त्रण गर्न खोज्दा कम्तीमा १८ आप्रबासीको मृत्यु भएको थियो । सुरक्षाकर्मीहरूले उनीहरूलाई सिमानाको दुवैतर्फबाट रोकेका थिए ।

मेलिला उत्तर अफ्रिकामा अवस्थित स्पेनको दुई स्वायत्त सहरहरू मध्ये एक हो । यो केप थ्री फोर्क्सको पूर्वी तर्फ, मोरक्कोको सिमानामा र भूमध्य सागरको सिमानामा अवस्थित छ ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार मोरक्कोसँग जोडिएको मेलिलाको घेरामा भएको आप्रवासी गतिविधिलाई स्पेनको ‘क्षेत्रीय निष्ठामा भएको आक्रमण’ बताएका हुन् ।

उनले यसलाई ‘मानव ओसारपसार गर्ने माफिया’ को गतिविधिका रूपमा उल्लेख गरे । शुक्रबारको नाटकीय दृश्यहरूमा लगभग दुई हजार आप्रवासीहरूले मोरक्कोलाई स्पेनी सिमासँग छुट्टाइएको मेलिलाबाट बारहरू भत्काएर जबरजस्ती प्रवेश गर्न खोजिएको सामाजिक सञ्जालहरूमा आएका दृष्यमा देखाइएको छ । उनले पत्रकार सम्मेलनमा भने, “सीमामा भएका सबै घटनामा मानव तस्कर माफिया नै जिम्मेवार रहेको प्रस्ट देखिन्छ ।”

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000