
काठमाडौं । संघीय संसदका का दुवै सदनको बैठक आज बस्दैछ ।
राष्ट्रियसभाको बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आगामी आर्थिक वर्षको बजेटमाथि सांसदले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यसैगरी प्रतिनिधिसभाको बैठक पनि आजै बस्दै छ । बैठक दिउँसो १ बजे सुरु हुने छ ।
बजेट प्रतिनिधि सभाबाट भने पारित भइसकेको छ ।











