Logo
Logo

नवनियुक्त भारतीय राजदूत काठमाडौंमा


882
Shares

काठमाडौ । नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् ।

शनिबार अपरान्ह भिस्तरा एयरको जहाजबाट कार्यभार सम्हाल्न काठमाडौं आएका हुन् । भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई जेठ ३ गते राजदूत नेपालका लागि राजदूतमा नियुक्त गरेको थियो ।

यसअघि उनी नयाँ दिल्लीमा चीन, जापान, कोरिया, मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुख थिए । उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरिसकेका छन् ।

सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000