
पोखरा । पोखरा–सिक्लेस सडक पहिरोका कारण ३ दिनदेखि अवरुद्ध भएको छ ।
उक्त सडकखण्डको आधा दर्जन स्थानमा पहिरो गएको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।
पानी लगातार परिरहेकाले तत्काल पहिरो पन्छाएर सडक सञ्चालनमा आउने सम्भावना कम रहेको उनको भनाइ छ ।











