Logo
Logo

महिला संगठनलाई अध्यक्ष नेपालको सुझाव- कोही महिलामाथि हिंसा हुँदा विरोध गर्नुस्


567
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले महिला हिंसाका चर्चित मुद्दामा सक्रियता देखाउन महिलाहरुलाई सुझाव दिएका छन् ।

एकीकृत समाजवादी निटक अखिल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्ना पार्टीको महिला संगठनले महिला हिंसाका मुद्धामा सक्रियता देखाउन नसकेको गुनासो गर्दै भने, ‘यत्रो महिला हिंसाको इस्यूमा तपाइँहरू सडकमा कतै देखिनुभएन । तपाईँहरू व्यानर लिएर सडकमा उत्रिनुपर्दथ्यो । मन्त्रीकहाँ डेलिगेसन जानुपर्दथ्यो । पत्रकार सम्मेलन गर्नुपर्दथ्यो । मण्डला र रत्नपार्कमा जुलुस निकाल्नुपर्दथ्यो । तर, तपाईँहरूले केही गर्नुभएन ।’

उनले भित्रभित्र भावना उम्लिए पनि त्यसलाई बाहिर नपोख्दासम्म अर्थ नहुने बताए । अध्यक्ष नेपालले भने, ‘कोही महिलामाथि हिंसा हुँदा आफूमाथि भएको सम्झेर विरोध गर्नुपर्छ । न्यायको आवाज उठाउनुपर्छ परिवारका सदस्यलाई भेटेर सान्त्वना र साथ दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्