
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग गरेका छन् । सांसद भट्टराईले प्रदेशस्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको समेत बताए ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले तत्काल किताब उपलब्ध गराउन माग गरेका हुन् । सांसद भट्टराईले काठमाडौंकै दरबार हाइस्कुलमै पाठ्यपुस्तक नपुगेको भन्दै उनले यसबाट अध्ययन र अध्यापनमा अवरोध सृजना गरेको बताए ।
उनले संसदमा शिक्षामन्त्रीले १५ दिनमै पाठ्यपुस्तक पुर्याउनु प्रतिबद्धता जनाएको स्मरण समेत गराए । उनले सोमबार १५ दिन पुग्ने भए पनि हालसम्म पाठ्यपुस्तक विद्यालयमा पु¥याउने काम नभएको बताए ।











