Logo
Logo

नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै लक्ष्मण थारुले भने- रेशम चौधरी निर्दोष


1.4k
Shares

काठमाडौं । थरूहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । अध्यक्ष थारूसहित थरूहट थारुवान राष्ट्रिय मोर्चा दाङका केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरीसहित ५० जनाभन्दा बढी रेशम चौधरीको पार्टीमा प्रवेश गरेका हुन् ।

अध्यक्ष थारुले कुनै अपराध नगरी आफूमाथि पनि सरकारले जन्मकैदको फैसला सुनाएको टिप्पणी गरे । अध्यक्ष थारुले रेशम चौधरी निर्दोष भएको दाबीसमेत गरे । टिकापुर घटनामा थारुहरुले बच्चा र प्रहरी मारेको प्रमाण नभएको भन्दै अध्यक्ष थारुले वास्तविक दोषीलाई जोगाएर निर्दोष रेशम चौधरीलाई फसाएको बताए ।

प्रतिक्रिया दिनुहोस्