Logo
Logo

वामदेव गौतमले पार्टी खोल्दै


13.5k
Shares

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नै नेतृत्वमा नयाँ पार्टी खोल्ने भएका छन् । गौतमले आइतबार चन्द्रागिरीमा केन्द्रीय समिति बैठक राखेका छन् ।

शनिबार ललितपुरको धोबिघाटमा राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका उनले चन्द्रागिरीमा आयोजना गरेको केन्द्रीय समिति बैठकले ७१ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म पार्टी संरचना निर्माणको थालनी गरेको छ ।

धोबिघाटमै पदाधिकारी घोषणा गर्ने तयारी भए पनि थप छलफल गर्न चन्द्रागिरीमा बैठक राखिएको एक नेताले दृष्टि न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्