
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन् । मन्त्री आलेले सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै औपचारिक रुपमा पदबाट राजीनामा दिएका छन्।
मन्त्री आलेले आफू एक्सनको मन्त्री बन्न सफल भएको समेत दावी गरे। मन्त्री आलेले आफूलाई देश, विदेशमा भएका जनताले एक्सनको मन्त्रीको उपनाम दिएको र खुशी लागेको बताए।
मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामहरुको विवरण सार्वजनिक गर्न र राजीनामा दिनको लागि आयोजना गरिएको पत्रकार सम्मेलन गरेका हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकार र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको समेत सहयोगमा आफू दोस्रो पटक मन्त्री भएर काम गर्न पाएको भन्दै खुशी व्यक्त गरे।
नेकपा (एकीकृत समाजवादी)का











