Logo
Logo

रामकुमारीको गुनासो : जानकारी नदिइ एक्कासी मन्त्रीबाट हटाइयो


12.5k
Shares

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूलाई थाहै नदि सरकारबाट फिर्ता बोलाएको गुनासो व्यक्त गरेका छन्। मन्त्री झाँक्रीले औंपचारिक रुपमा राजीनामा र आफ्नो कार्यकालमा भएका कामहरुको विवरण सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै आफूलाई थाहै नदि एक्कासी सरकारबाट फिर्ता बोलाएको बताए।

उनले सरकारबाट फिर्ता बोलाउने कुरा पार्टीबाट भन्दा पनि मिडियाहरुबाट थाहा पाएको बताए। पार्टीले आफूहरुलाई जानकारी गराएर फिर्ता बोलाएको भए राम्रो हुने बताए। उनले पार्टीको निर्णय कार्यान्वयन गर्नको लागि भए पनि राजीनामा दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्