Logo
Logo

तलब नदिएको आरोपपछि झाँक्रीले भनिन्, ‘काम गरेको प्रमाण ल्याउनुस्, मेरै तलबबाट दिउँला’


9.2k
Shares

काठमाडौं । पत्रकार कान्ति न्यौपानेले निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूलाई तलब नदिएको आरोप लगाएकी छिन् ।

न्यौपानेले फेसबुकमार्फत आफूले झाँक्रीको सचिवालयमा काम गरेबापत् ६/७ महिनाको तलब नपाएको गुनासो गरेकी हुन् । तर, यो आरोपको झाँक्रीले खण्डन गरेकी छन् । आफूलाई मन्त्रालयमा न्यौपानेले कुनै सहयोग नगरेको उनको दाबी छ ।

‘उनले मरो सचिवालयमा एक महिना पनि सहयोग गरेको पाइनँ । उनले कति समाचार लेखिन् देख्न सक्नुहुन्छ । आफूले कुनै काम नगरी श्रमजीवीको नाममा तलब माग्न मिल्छ ? म बसुञ्जेल मेरो काम गरेको विवरण लिएर आउनुस् म मेरो आफ्नै तलबबाट दिउँला । काम गरेर होइन मेरा विरुद्ध फेसबुकमा स्टाटस लेखे बापत तलब कसरी दिने ?’ न्यौपानेलाई फागुनदेखि नै सचिवालयबाट बिदा गरेको पनि उनको भनाइ छ ।

‘मेराे काममा सहयोग गर्ने होइन की, सचिव र अन्य कर्मचारीसँग आफूसँग सरोकार नभएका विषयमा चासो राख्ने, कन्सल्टेन्सी लिष्ट माग्ने, मेरो सुविधा दिनु भनेर मन्त्रालयको आन्तरिक शाखामा गएर माग्ने आदि कुरा थाहा पाएपछि मेरो सार्वजनिक खर्च कटौतीको अभियानलाई समेत अप्ठ्यारो पर्ने भएपछि मैले नराख्ने निधो गरी फागुनको पहिलो हप्ता नै आज सम्मको कामका लागि धन्यवाद अब मलाई सहयोग गर्न आउन पर्दैन भनेको थिए,’ उनले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्