Logo

स्वास्थ्यमा सात करोडको खेल



काठमाडौं । स्वास्थ्य क्षेत्रमा कमिसनका लागि अनावश्यक उपकरण किन्ने विकृती मौलाएको छ । कर्मचारी र मेडिकल माफियाको मिलेमतोमा केन्द्रदेखि जिल्ला अस्पतालसम्म यस्तो धन्दा चलेको छ ।

धीरज थपलिया र आरएस भण्डारी

हालै बागमती सरकारले पनि कमिसनकै लागि साढे ३६ करोड बराबरको सिटी क्यान खरिद गर्न लागेको छ । मेडिकल माफियाका रुपमा चिनिएका धीरज थपलिया र आरएस भण्डारीको मिलेमतोमा पाँच वटा सिटी क्यान खरिद गर्न लागिएको हो ।

प्रदेशको स्वास्थ्य मन्त्रालय अन्र्तगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत सिटी स्क्यान खरिदको प्रक्रिया अघि बढेको छ । प्रतिस्पर्धामा कम मूल्य हाल्नेभन्दा ७ करोड धेरैको प्रस्ताव गर्नेलाई ठेक्का दिएर यसमा ठूलो अनियमितता गर्न लागिएको छ । कमिशन धिरज थपलियाको मेडट्रानिक्स नेपाल र आरएस भण्डारीको भण्डारी सप्लायर्सलाई ३६ करोड ६४ लाखमा यसको ठेक्का दिएको छ । जबकी अन्य कम्पनीले २९ करोडको प्रस्ताव गरेका थिए ।

बोलपत्रसम्बन्धी डकुमेन्टमै चलखेल गरेर ती कम्पनीलाई ठेक्का दिइएको हो । यसमा प्रदेश स्वास्य मन्त्रालयका सचिव बद्री खड्का, आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा अर्जुन सापकोटा तथा बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीको मिलेमतो रहेको स्रोत बताउँछ ।

उनीहरुले पहिले नै तोसिबा कम्पनीको सिटी क्यानलाई फिट हुने गरी स्पेशिफिकेसन बनाएर सेटिङ मिलाएका थिए । राजनीतिक नेतृत्वमा कांग्रेस नेता इन्द्र बाँनियामार्फत सेटिङ मिलाएर करोडौं हिनामिना हुन लागेको हो । त्यस्तै, प्रदेशका प्रमुख सचिव मुकुन्द निरौला समेत यो खेलमा मिलेको स्रोत बताउँछ । सहसचिव हुँदा स्वास्थ्यमा बसेकाले उनको मेडिकल माफियाहरुसँग दोस्ती छ ।

भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुली र चितवनका अस्पतालमा राख्नका लागि सिटी स्क्यान खरिद गर्न लागिएको हो । तर, ती जिल्लाका अस्पतालमा सिटी क्यान राख्ने जनशक्ति र पूर्वाधार नै छैन । खरिदपछि थन्काएर राख्नुपर्ने अवस्था छ । यसले पनि कमिसनकै लागि सेटिङमा सिटी स्क्यान खरिद गर्न लागिएको प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्