Logo
Logo

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा २ महिला पक्राउ


441
Shares

सिरहा । बोक्सी भन्दै छिमेकी महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ ठाडीका ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह छन् ।

शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा पक्राउ गरिएको सिरहा प्रहरीका निमित्त प्रवक्ता रामचन्द्र साहले जानकारी दिए ।

पक्राउ परेका दुवैलाई बोक्सी आरोप कसुर मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको साहले बताए ।

प्रतिक्रिया दिनुहोस्