Logo
Logo

इटहरीमा ट्याङ्ग्रा खोलाको बाढी पस्यो


1.1k
Shares

सुनसरी । सुनसरीको इटहरीस्थित ट्याङ्ग्रा र खेतिखोलामा आएको बाढी बस्तीमा पसेको छ ।

बाढीले इटहरीको मुख्य बजार क्षेत्र जलमग्न भएको छ । उपमहानगरमा ४,५,९, १० र १२ वडाका बस्ती डुवानमा परेका छन् । बाढीले यातायात अवरुद्ध बनेको छ ।

कारण ४० भन्दा बढी घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खडकाले जानकारी दिएका छन् ।

प्रभावितलाइ सुरक्षित स्थानमा सार्ने तयारी भइरहेकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्