
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान गएका छन् ।
अजरबैजान संसदको आयोजनामा हुन लागेको असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा सहभागी हुन सभामुखसहितको मंगलबार त्यसतर्फ गएको हो । सम्मेलन अजरबैजानको बाकुमा असार १६ देखि १८ गतेसम्म हुँदैछ ।
टोलीमा प्रतिनिधि सभा सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठकलगायत छन् ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले विदाइ गरे । सम्मेलनले बकु घोषणापत्र जारी गर्नेछ ।
टोली असार १९ मा स्वदेश फर्किने संसद सचिवालयले जनाएको छ ।