काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई प्रशिक्षण दिएका छन् । सरकारमा सहभागी चार जना मन्त्री र एक राज्यमन्त्रीलाई अध्यक्ष नेपालले बुधबार बिहान प्रशिक्षण दिएका हुन् ।

बुधबार बिहान पार्टी कार्यालय तीनकुनेमा मन्त्री भएपछि के गर्ने ? के नगर्ने भनेर मन्त्रीहरुलाई प्रशिक्षण दिइएको बताइएको छ । यसअघि मन्त्री भएकाहरुलाई पनि अध्यक्ष नेपालले प्रशिक्षण दिएका थिए ।
एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ , सहरी विकासमन्त्री मेटमणि चौधरी, श्रम तथा सामाजिक विकासमन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी सरकारमा सहभागी छन् । उनीहरुलाई करिब डेढ घण्टा अध्यक्ष नेपालले प्रशिक्षण दिएका छन् ।











