
काठमाडौं । आज देशभर मौसममा आंशिकदेखि सामान्य बदली रहने भएको छ ।
देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
पहाडी भू–भागमा भू–क्षय, पहिरो साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।












