Logo
Logo

दाङमा दुर्घटना : दुईको मृत्यु


378
Shares

दाङ । घोराहीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक र साइकल यात्रीको मृत्यु भएको छ ।

घोराहीदेखि सौंडियारतर्फ जाँदै गरेको मोटरसाइकलले बिहीबार राति घोराही ७ बेसाईमा साइकललाई ठक्कर दिएको थियो । घटनामा साइकल यात्री घोराही–१५ का १७ वर्षीय रितेश केसी र मोटरसाइकल चालक सोही स्थानका ३५ वर्षीय गंगाबहादुर कुँवरको मृत्यु भएको हो ।

दुबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको दाङ प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए । दुर्घटनामा मोटरसाइकलमा सवार घोराही–७ का बसन्त चौधरी र साइकल यात्री घोराही–१५ का विनोद भण्डारी घाइते भएका छन् ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्