मोरङ । प्रदेश १ का यातायात व्यवस्था तथा संचारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले समय सापेक्ष सञ्चार परिचालन हुन नसके सञ्चार क्षेत्र लोभ हुने बताएका छन् । बिहीबार मोरङको लेटाङमा मल्टिमिडिया सम्बन्धी ३ दिने तालिमको उदघाटन गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् ।

‘समय सापेक्ष संचार परिचालित हुन सकेन भने संचार पनि लोप हुनेछ’ उनले भने, ‘जसरी डाइनेश्वर लोभ भयो, आज राजतन्त्र लोभ भयो ।’ पत्रपत्रिकाहरु नयाँ प्रविधिमा जानु सकेन भने पत्रपत्रिका पनि धराशयी हुने मन्त्री घिमिरेको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा भएको तालिम उदघाटनमा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावती, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लिला बल्लब घिमिरे, लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलालगायतले शुभकामना ब्यक्त गरेका थिए ।











