
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय प्रकाश दाहालको शालिक अनावरण गरेका छन् । प्रकाशको जन्मजयन्तिको अवसर पारेर शालिक अनावरण गरिएको हो ।
नेपाल पर्वतारोहण संघले नुवाकोटको ककनी गाउँपालिका–६ मा स्वर्गीय प्रकाश दाहालको शालिक निर्माण गरेको हो । स्वर्गीय उनलाई पर्वतारोहीका रुपमा सम्मान गर्दै शालिक निर्माण गरिएको संघले जनाएको छ ।
प्रकाशले २०६९ जेठमा सगरमाथाको सफल आरोहण गरेका थिए । प्रचण्ड पुत्र प्रकाशको निधन २०७४ सालमा भएको थियो ।
शालिक अनावरण कार्यक्रममा प्रचण्डसहित प्रकाश पत्नी बिना मगरलगायत उपस्थित थिए ।











