
१. प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३० कात्तिकको मिति प्रस्ताव गर्ने निर्वाचन आयोगको तयारी, कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने आयोगको तयारी, आयोगले ढिलोमा बुधबारसम्म औपचारिक रुपमा नै निर्वाचन मिति सिफारिस सहित सरकारलाई पत्राचार गर्ने ।

२. स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी गठबन्धनको मर्मअनुसार प्रस्तुत नभएको नेकपा माओवादी केन्द्रको निष्कर्ष, कांग्रेस स्वार्थी भएको, एकीकृत समाजवादीले आफ्नो वास्ताविक अवस्थाभन्दा धेरै मागेको र जसपाले मधेसमा गठबन्धन नै गर्न नमानेको प्रचण्डको भनाइ, निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारवाही गर्नुपर्ने माग ।

३. तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच सचिवालय सदस्यबीच आइतबार भेटवार्ता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच भेट, राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेस संगको गठबन्धन आदि विषयमा छलफल ।

४. सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने नेकपा एमालेको सचिवालय बैठकको निर्णय, प्रशिक्षण संयोजकको रुपमा वरिष्ठसहित सात उपाध्यरक्षलाई विम्मेवारी, निर्वाचनमा भएको अन्तर्घातबारे छानविन गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा छानविन समिति गठन, विभिन्न १३ केन्द्रीय विभागमा सचिव मनोनित ।

५. आर्थिक वर्ष २०७९-८० को बजेट निर्माण समयको सीसीटीभी फुटेज आफै डिलिट भएको अर्थ मन्त्रालयको जवाफ, सार्वजनिक निकायले ३ महिनासम्म सीसीटीभी फुटेजको अभिलेख सुरक्षित राख्नुपर्ने सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि-२०७२ विपरित सीसीटीभी फुटेज हटाइयो, अर्थको जवाफले बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले चलखेल गरेको आरोपमा बल पुग्यो ।

६. आन्तरिक कलहमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेरको तयारी थाल्यो, मन्त्री फेरफेरको विषयमा जसपाका अध्यक्ष उपेन्द्र यादव र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल, राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्रराय यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर प्रदीप यादव, प्रमोद साह र इस्तियाक राई लगायतलाई मन्त्री बनाउने तयारी ।

७. वामदेव गौतमको पार्टी नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानमा निष्कासनको दोहोरी, वामदेवलाई संयोजकबाट निष्कासन गर्ने पाँच नेता वामदेवद्वारा निष्कासित, आफूलाई निष्कासन गर्न हस्ताक्षर गर्ने मध्ये युवराज सफल अत्यन्त घातक रहेको वामदेवाको आरोप, वामदेवलाई निष्कासन गरेपछि ज्यानमार्ने धम्की आएको भन्दै पाँच नेताद्वारा सुरक्षा माग ।

८. शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५८ अङ्कले उकालो लाग्यो, नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७.६५ अङ्कले उकालो लागेर दुई हजार ८६.४२ मा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.२१ अङ्कले उकालो लागेर ३९८.८२ कायम, नेप्सेको उकालो यात्रासँगै कारोबार रकम समेत बृद्धि ।

९.साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० एसियन कप छनोटको लागि ३० खेलाडी छनोट, मुख्य प्रशिक्षक मेघराज केसीद्वारा प्रारम्भिक चरणमा छनोट भएका ११ खेलाडी कटौती, स्कटल्यान्डमा हुन त्रिदेशीय खेलको तयारीका लागि क्यानडामा पुगेका नेपाली क्रिकेट टिम र क्यानडाबीचको खेल तालिका पुनः परिवर्तन, नेपालले क्यानडासँग असार २१ र २२ गते खेल्ने ।

१०. अमेरिकाको अन्तरारष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा धार्मिक स्वतन्त्रताको विषयमा गरेको टिप्पणीप्रति भारत रुष्ट, भारत र यसको संवैधानिक ढाँचा एवं बहुलताबारे अमेरिकाको बुझाइमा कमी रहेको भारतीय पक्षको टिप्प्णी, धार्मिक अल्पसंख्यकहरू र उनीहरूका लागि वकालत गर्नेहरूको निरन्तर दमनप्रति चिन्तित व्यक्त ।












