Logo
Logo

ओलीले संसदलाई सम्बोधन गर्ने


2k
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता लगायत विषयमा धारणा राख्न सभामुखसँग समय लिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

एसपीपी सम्झौता आफ्ना पालामा भएको भनेर सत्तापक्षले छरेको भ्रमलाई अध्यक्ष ओलीले स्पष्ट पार्ने सचेतक भट्टराईकाे भनाइ छ ।

यस्तै अर्थ मन्त्रालयबाट बजेटका सुचना चुहाइएको सिसिटिभी फुटेज मेटाइएको विषय र अन्य समसामयिक राजनीतिक परिस्थितीका बारेमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए।

प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्