Logo
Logo

काँग्रेसको पदाधिकारी बैठक बस्दै


378
Shares

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दै छ ।

पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो । मंगलबार दिउँसो बस्ने बैठकमा मूलतः भ्रातृ संस्थाकै विषयमा छलफल हुने महामन्त्री गगन थापाले बताए ।

भ्रातृ संस्थाको विधान वाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुने उनले बताए । विधान परिमार्जन र पारित गर्नका लागि पार्टीभित्र सहमति निर्माणका लागि छलफल हुने सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष ’डिना’ले बताइन् ।

सहमहामन्त्री जीवन परियारले पार्टीभित्रका फरक मतलाई नेतृत्वले सम्बोधन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्