Logo
Logo

एउटा अपराध छोप्न सयौं अपराध



पटक-पटक भनिरहनुपर्ने, लेखिरहनुपर्ने विषय होइन, राजनीतिमा लाग्ने नेता कार्यकर्ताहरुमा उँचो नैतिकता हुनुपर्छ भनेर । त्यसमाथि देशको प्रधानमन्त्री, मन्त्री र सांसदहरुको नैतिकता माथि जनताले प्रश्न उठाउनुलाई सामान्य घटनाको रुपमा हेरिनु हुन्न ।

जनताद्वारा जनताका लागि चुनिएका प्रधानमन्त्री, मन्त्री र सांसदहरुमाथि जनताले औंला ठड्याउनु भनेको तिनीहरुको पतनको दिन सुरु भएको संकेत हो ।

विश्वका कतिपय देशमा प्रधानमन्त्री, मन्त्रीहरुमाथि नैतिकताको प्रश्न उठ्यो भने राजीनामा दिएको धेरै उदाहरण छन् । यी उदाहरणहरुले विश्वका कतिपय लोकतान्त्रिक देशहरुलाई समृद्धिको शिखरमा पुर्याएका छन् ।

खराब पात्रका कारण लोकतन्त्रलाई खराब शासन व्यवस्था भनिए पनि त्यसको विकल्पमा फेरि पनि लोकतन्त्रलाई राम्रो व्यवस्था मानिएको हो । किनभने, लोकतन्त्रमा जनताको सर्वोच्चता र कानुनी राज्यप्रतिको प्रतिवद्धता हुन्छ ।

संक्षेपमा भन्नुपर्दा, अर्थमन्त्रीबाट एउटा अपराध छोप्न सयौं अपराध भएको छ । तर, उनलाई पश्चाताप छैन । नैतिकता र पदीय मर्यादाको बोध छैन । एउटा लडाकु अर्थमन्त्रीबाट देश र जनताले धेरै आशा गरेका थिए । ती आशामाथि तातोपानी खन्याउँदा सिंगो कम्युनिष्ट आन्दोलन बदनाम भएको छ ।

लोकतन्त्रको मूल्य, मान्यताप्रति हामी आफू प्रतिवद्ध नहुने हो भने लोकतन्त्र आफैँ सुदृढ हुन सक्दैन । लोकतन्त्रका चालक भनेका हामी आफैँ हौं । हामीले हाँकेको गाडी ठिक ढंगले गुड्यो भने लोकतन्त्र सवल हुन्छ । हामी आफैँ खराब भयौं भने लोकतन्त्र दुर्घटनामा पर्छ ।

विकृत लोकतन्त्रले भ्रष्टाचार, कुशासन, अपराध र सामाजिक द्वन्द्व निम्त्याउँछ । अहिले नेपालको लोकतन्त्र यस्तै विकृति र विसंगतिको जालोमा जकडिएको छ । यसले सिंगो समाजलाई विकृत बनाउँदै लगेको छ । जनता यस्तो विकृति र विसंगतिबाट मुक्त चाहिरहेका छन् ।

त्यसमाथि आफूलाई माक्र्सवादी, लेनिनवादी हौं भन्ने नेता, कार्यकर्ताहरुमा झनै उँचो नैतिकता हुनुपर्नेमा तिनै नेताहरुमाथि औंला ठड्याउनुपर्ने अवस्था आउनु आफूलाई कम्युनिष्ट भन्नेहरुलाई लाज लाग्नुपर्ने हो । किनभने, मानिस बन्न सजिलो छ, मानिसबाट कम्युनिष्ट बन्न गाह्रो छ ।

तिनै मानिसहरुमध्ये कम्युनिष्ट बनेका जनार्दश शर्मा ‘प्रभाकर’ विवादको भुँमरीमा फसेका छन् । नेपालकै इतिहासमा अर्थमन्त्रीहरुमध्ये उनी कलंकका पात्र बनेका छन् ।

बजेट जस्तो गम्भीर कुरालाई उनले आफ्नो स्वार्थसिद्ध गर्ने अस्त्र बनाएका छन् । बिचौलियामार्फत करको दर हेरफेर गरेको आरोप उनीमाथि छ । सार्वभौम संसद्मा उनको नैतिकतामाथि प्रश्न उठेको छ । उनले आफ्नो अपराध छोप्न अर्थ मन्त्रालयबाट सीसीटिभी फुटेज गायव गरेका छन् ।

संक्षेपमा भन्नुपर्दा एउटा अपराध छोप्न उनले सयौं अपराध गरेका छन् । तर, उनलाई कुनै पश्चाताप छैन । नैतिकता र पदीय मर्यादाको बोध छैन । एउटा लडाकु अर्थमन्त्रीबाट देश र जनताले धेरै कुराको आशा गरेका थिए । ती आशामाथि एउटा अर्थमन्त्रीले तातोपानी खन्याउँदा सिंगो कम्युनिष्ट आन्दोलन बदनाम भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस घटनामा गम्भीर बन्नै पर्छ । यदि, प्रचण्डले देश र जनताका लागि यत्रो वर्ष संघर्ष, बलिदान र राजनीति गरेका हुन् भने ।

प्रतिक्रिया दिनुहोस्