Logo
Logo

गृहमन्त्री लामिछानेले भने- जीबी राईलाई यसअघिको सरकारले भगाएको हो


1.1k
Shares

चितवन । गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् ।

शनिबार बिहान चितवनमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भगाएको मान्छेलाई खोज्न समय लाग्ने बताएका हुन् । जीबी राई किन पक्राउ पर्न सकिएन भन्ने प्रश्नमा उनले भने, ‘नियन्त्रणमा लिन प्रयास भइरहेको छ । तर, यत्रो समस्या आउँदा आउँदै भगाएको चाहिँ किन भन्ने प्रश्न पनि सोध्न सकिन्छ नि ।’

उनले भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकोले हरकोसिस भइरहेको बताए । पत्रकारहरुको एक प्रश्नमा उनले भने, ‘भाग्दाखेरी सरकारमा को थियो ?’ गृहमन्त्री लामिछानेले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता भएकोले समय लागेको पनि बताए ।

उनले भने, ‘समात्दै छु कोशिस भइरहेको छ । त्यसका लागि गृह मन्त्रीको आदेशका काम भएको छ । त्यसका अन्य प्रक्रियाका काम आइरहेका छन् । कतिपय प्रक्रियाका कुराहरू ठ्याक्कै सार्वजनिक गर्न सकिँदैन ।’

उनले त्यसका लागि आफूले मलेसियाका गृहमन्त्रीसँग पनि कुरा गरेको बताउँदै भने, ‘मलेसियासँग सुपुर्दुगी सन्धी भएको छैन । त्यो कठिनाइका कारण पोलिटिकल डायलगहरूको आवश्यक पर्छ । डिप्लोमेटिक कुराहरू हुन्छन् अहिले ठ्याक्कै सार्वजनिक गर्न मिल्दैन ।’

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीबी राई मुछिएका छन् । उनी हाल फरार छन् ।

प्रतिक्रिया दिनुहोस्