
काठमाडौं । जनता समाजवादी पार्टीको डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय कमिटी बैठक जडिबुटीमा बस्ने भएको छ ।
मंगलबारदेखि काठमाडौं जडीबुटीस्थित रोयल बैंक्वेटमा सुरु हुने बैठक २ दिन चल्ने छ । अध्यक्ष उपेन्द्र यादव पक्षले असार २८ र २९ गते वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
सो बैठककै समानान्तर हुने गरी भट्टराईले काठमाडौंमा आफूपक्षीय विस्तारित केन्द्रीय समिति बैठक बोलाएका हुन् ।














