Logo
Logo

शेखर कोइराला भन्छन्- संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गर्नुपर्छ


1.3k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको बैठकमा पुगेका नेता कोइरालाले यही प्रकृतिको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश केपी शर्मा ओलीले ल्याउँदा आफूहरुले विरोध गरेको स्मरण गर्दै अहिले आएको विधेयक पनि फिर्ता हुनुपर्ने बताए ।

नागरिकतामा पनि राजनीति गर्न नहुने बताउँदै राष्ट्रिय सहमति गरेर नागरिकताको विषय टुंग्याउनुपर्ने कोइरालाले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्