Logo
Logo

सरकार देशको लागि मरिसक्यो : ओली


756
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो गठबन्धनले हैजा फैलाउने टिप्पणी गरेका छन् । सोमबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले हालको गठबन्धनलाई स्वीकार गर्न नसकेको र यसले हैजा फैलाउने टिप्पणी गरे ।

अध्यक्ष ओलीले गठबन्धनको सरकारलाई बोकेर हिड्न नसक्ने बताए । यो गठबन्धनको सरकार देशको लागि मृत्यु भइसकेको समेत टिप्पणी गरे । उनले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई लक्षित गर्दै भने, ‘यो सरकार सडेर एउटा अंग केहि समय अगाडी खस्यो । यो सरकारको अंगहरु झर्दै जान्छन् ।’

उनले सरकारको गतिविधिका कारण नेपालको आर्थिक स्थिति पनि श्रीलंकाकै जस्तो संकटग्रस्त हुन सक्ने देखिएको बताएका छन् । उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजन जस्ता विषयले श्रीलंकाकै स्थितिमा पुर्‍याउने संकेत देखाएको बताए ।

प्रतिक्रिया दिनुहोस्