Logo
Logo

देउवालाई शेखरको प्रश्न- तालमेलले बढी सिट जित्यौँ तर पार्टीको सिद्धान्तलाई कहाँ पुर्‍यायौँ ?


2.9k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवा विधानअनुसार नचलेको आरोप लगाएका छन् । सोमबार जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै कोइरले नीति अधिवेशन गर्नुपर्ने पनि बताए ।

गठबन्धनका दलका नेताहरूले कांग्रेसलाई विभिन्न आरोप लगाउँदा र तीतो बोल्दा पनि नेतृत्वको मौनता साँधेको बताएका थिए । कोइरालाले प्रश्न गरे, ‘तालमेलका कारण केही बढी सिट त जित्यौँ तर पार्टीको आदर्श र सिद्धान्तलाई कहाँ पुर्‍याउन खोज्दै छौँ ?’

प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचनमा आवश्यकता र औचित्य पुष्टि हुने गरी तालमेलबारे पार्टीको धारणा निर्माण गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्