काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको छ ।

सोमबार अनेरास्ववियूका पाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरु सन्तोष शेर्पा, कैलाश गिरी लगायतले उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेको एक विद्यार्थी नेताले जानकारी दिए ।
उनीहरुले उपकुलपति बास्कोटालाई ज्ञापन पत्र बुझाउन गएका थिए । उपकुलपति कार्यालयबाहिर प्रहरी परिचालन गरेकाले विरोध स्वरुप तोडफोड गरेको हो ।
त्रिविमा प्रश्नपत्र बाहिरिने, प्रश्नपत्र हुबहु हुने, आंगिक क्याम्पसले निजी क्याम्पस सर शुल्क लिने समस्या देखिएको भन्दै अनेरास्ववियूले उपकुलपतिलाई ज्ञापन पत्र बुझाउन गएको पाध्यक्ष पन्तले बताए ।














