Logo
Logo

कामना सेवा विकास बैंकका तीन शाखारहित बैंकिङ सेवा


567
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा २०७९ असार २६ गते आइतबारबाट मोरङ जिल्लाको केराबारी गापा वडा नं १० को थापाटारमा, सुन्दर सरैचा नपा–१२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गापा वडा नं ०१ को नमुना चोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

मोरङ–१० थापाटारस्थित केराबारी भ्यू होटल एण्ड बार (प्रो. धनबहादुर लिम्बू), सुन्दर हरैंचा नपा–१२ शुक्रबारेस्थित आरजु कस्मेटिक एण्ड रेडिमेड (प्रो. राजन भगत) र झापा जिल्लाको बुद्ध शान्ति गापा–१ नमुनाचोकस्थित बबि सप्लायर्स (प्रो. नन्दकुमार याफु राई)लाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

मोरङ केराबारी–१० का वडाध्यक्ष पूर्णबहादुर मगर, थापटारमा सुन्दर हरौंचा नपा वडा नं १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल र शुक्रबारेमा बुद्धशान्ति गापा–१ का वडाध्यक्ष अनिल वाग्लेले शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । कार्यक्रममा व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।

शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिने जनाएको छ । उक्त सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्