Logo
Logo

बागमती प्रदेशसभा बैठक आज



काठमाडौं । बागमती प्रदेशसभा बैठक आज बस्दै छ ।

बजेट पारित गरे लगत्तै स्थगित प्रदेशसभाको चालु दशौं अधिवेशनको २५औं बैठक आज बस्ने भएको हो । सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका छन् ।

बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा रहेका विधेयक माथि दफावार छलफल गर्ने कार्यसूची छ । यस्तै बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अधिकांश सांसद अनुपस्थित हुने भएका छन् ।

पूर्व निर्धारित कार्यतालिका अनुसार पार्टीको बैठक राखिएकाले प्रदेश सभाको बैठकमा एमालेका सांसद अनुपस्थित हुने मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्