Logo
Logo

जङ्गली च्याउ खाँदा ५ जना बिरामी



प्रतिकात्मक तस्वीर

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट–७ मा जङ्गली च्याउ खाएका ५ जना बिरामी भएका छन् ।

उनीहरूले मङ्गलवार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा बिरामी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

स्थानीय आशिराम खत्रीसहित उनकी श्रीमती कुमारी, छोरा शेरबहादुर, छोरी धनमाया र भान्जा निमबहादुर खत्री घाइते भएका हुन् ।

बिरामी पाँचै जनालाई बुधवार बिहान जिल्ला अस्पताल सल्लेमा उपचारका लागि ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्