Logo
Logo

बर्दिबास नगरपालिकाले करार कर्मचारी हटाउने



महोत्तरी – बर्दिबास नगरपालिकाले नगरभित्रका करार कर्मचारी हटाउने भएको छ । आउँँदो १ साउनदेखि २०७९/८० मा खर्च कटौती गर्नुपर्ने कारण देखाउँदै नगरपालिका, वडा र स्वास्थ्य कार्यालयका करारमा कार्यरत कर्मचारी हटाउन लागेको हो ।

अत्यावश्यकबाहेकका कर्मचारी हटाउने उल्लेख गरे पनि नगरले १ साउनदेखि करार तथा ज्यालादारीमा रहेका कर्मचारीहरुलाइ हाजिर नगराउन निर्देशनसमेत दिइसकेको छ ।

कार्यसम्पादनमा बाधा नपुग्नेगरी सबै कर्मचारी त हैन केही कर्मचारी हटाउने निर्णय गरेका छौँ, नगरपालिकाका प्रवक्ता विजय महतोले भने । अघिल्लो सरकारले करारमा नियुक्त गरेका ६२ जना शिक्षकको विषयमा भने निर्णय आउन बाँकी छ । बैठक बसेर के गर्ने भन्ने विषयमा टुंगो लगाउँछौँ, प्रवक्ता महतोले भने ।

नगरपालिकाका सूचना अधिकारी सोम फुयालका अनुसार विद्यालयका शिक्षकबाहेक अहिले नगरभित्र लगभग ५० को हाराहारीमा कर्मचारीहरू करारमा काम गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्