Logo
Logo

ममता मृदुलको समकालीन लघुकथा बजारमा



काठमाडौं । साहित्यकार ममता श्रेष्ठ​ मृदुलको ‘समकालीन लघुकथा विवेचना’ लोकार्पण गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।

कार्यक्रममा वरिष्ठ कथाकार पद्मावती सिंह, लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, सचिव तुलसीहरि कोइराला, स्रष्टा साँझ अमेरिकाका संस्थापक अध्यक्ष प्रभाव इच्छुक, कृतिका लेखक ममता मृदुल, प्रतिलिपि अधिकार कार्यालयका रजिस्टार विष्णुकुमारी भट्टराईले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रमा बोल्दै प्राडा सावित्री मल्ल कक्षपतिले नेपाली लघुकथा समालोचनाका क्षेत्रमा नवीन कृति आएको बताए । उनले भने, ‘विधातात्त्विक समालोचनाका आधारमा यो कृति आएको छ । लघुकथा विधा अत्यन्त लोकप्रिय बनेको र यसमा मेरो बहिनी पुस्ताले प्रतिनिधित्व गरेकोमा अत्यन्त खुसी लागेको छ ।’

बाहिरबाट यो कृति लघुकथा सङ्ग्रहजस्तो देखिए पनि समालोचनात्मक कृति रहेको उनको भनाइ थियो । साथै सोसल मिडियामा आएका लघुकथाहरू सामग्री स्रोतका रूपमा सङ्कलन गरिएकाले यसले नयाँ पद्धतिको सुरुवात गरेको उनले बताए ।

कार्यक्रमा प्रतिलिपि अधिकारको कार्यालकी रजिस्टार विष्णुकुमारी भट्टराईले कुनै पनि विधाको गहन अध्ययन र विश्लेषणबिना समालोचना गर्न नसकिने बताए । उनले भने, ‘लघुकथालाई गहिरो अध्ययन र विश्लेषण गर्नु चानचुने कुरो होइन । यस कार्यका लागि उहाँले ठूलो साहस गर्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्