Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

नयाँ पार्टी खोल्ने बाबुरामको घोषणादेखि नेपालको ऐतिहासिक जितसम्म



१. जसपाबाट अलग भएर नयाँ पार्टी खोल्ने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई समूहको निर्णय, विचार नमिल्ने नेतृत्वमा संघर्ष गरेर बस्नुभन्दा फरक पार्टी खोलेर वैकल्पिक राजनीति गर्नु उत्तम हुने निष्कर्ष, बाबुरामले दिए पार्टी खोल्ने म्यान्डेड, छिट्टै पार्टी निमार्ण प्रक्रियामा अघि बढ्ने ।


२. कांग्रेस नेताद्वारा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको तिब्र आलोचना, सरकारको कामप्रति असन्तुष्ट, आगामी निर्वाचनमा गठबन्धन नगर्न शेखर कोइरालाको सुझाव, देउवा पक्षले गुटगत भेला गरेको र प्रदेश २ मा कांग्रेस सिध्याउन लागेको आरोप ।


३. प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसका पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराईबीच प्रतिस्पर्धा, दुवै जनाले गराए मनोनयन दर्ता, भुसाललाई सत्ता गठबन्धनको साथ, लोसपाले पनि भुसाललाई नै साथ दिने, जित सुनिश्चित ।


४. जसपाले खोस्यो संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षीय नेताहरुको जिम्मेवारी, संघीय परिषद् अध्यक्ष भट्टराई, कार्यकारिणी सदस्य महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरी पदमुक्त, अशोक राई परिषद् अध्यक्ष ।


५. नेकपा माओवादी केन्द्रद्वारा गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग, पार्टीको विभागमा बस्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर बन्न नमिल्ने नारायणकाजी श्रेष्ठको भनाइ, शैक्षिक योग्यता ढाँटेर गर्भनरमा नियुक्त भई भ्रष्टाचार गरेको भन्दै वाइसीएलले दियो अख्तियारमा उजुरी ।


६. भटाभट छानबिनमा तानिँदै न्यायाधीश, जिल्ला अदालत धनुषामा कार्यरत न्यायाधीश परशुराम भट्टराई सर्वोच्च अदालत तानिए, व्यवसायीलाई गोली प्रहार गरेको घटनामा संलग्न व्यक्तिलाई सफाइ दिएको आरोप, काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरु राजकुमार कोइराला, अम्बिकाप्रसाद निरौला र सूर्यप्रसाद अधिकारी पनि सर्वोच्चमा ।


७. बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको प्रकरणमा सत्यतथ्य छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर, पुष्पा भुसाल ठाउँमा मानबहादुर विश्वकर्मा राखियो, समितिले बोलायो अर्थ सचिव मधु मरासिनी र राजश्व सचिव कृष्णहरि पुस्करलाई ।


८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १४.७१ अंकले उकालो लागेर दुई हजार १.५३ मा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.७८ अंकले उकालो लागेर ३८३.१४ कायम, २२० कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता शेयर दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँमा कारोबार, १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि ।


९. श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे सिंगापुर पुगे, निजी भ्रमणका लागि अनुमति दिइएको सिंंगापुरको स्पोक्ति, इरानलाई एक्ल्याउन अमेरिका र इजरायल सहमत, तेहरानसँगको विवाद अन्त्य हुने विश्वास, खाद्यान्न निर्यातका लागि युक्रेन–रूस वार्तामा प्रगति ।


१०. आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित, घरेलु टोली स्कटल्यान्ड पाँच ५ विकेटले पराजित, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन प्रदेश शान पदकबाट सम्मानित ।

प्रतिक्रिया दिनुहोस्