Logo
Logo

हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रारम्भिक समझदारी


756
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बंैक लिमिटेडलाई प्राप्ति गर्नका लागि प्रारम्भिक समझदारी भएको छ । दुई बंैकबीच भएको समझदारीपत्रमा हिमालयन बंैकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बंैकका अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका हुन् ।

नेपालमा चौथो संयुक्त लगानीको रूपमा २०४९ साल माघ ५ गते स्थापना भएको हिमालयन बैंकले करिब १२ वर्ष अगाडि स्थापना भएको सिभिल बंैक प्राप्तिपछि नेपालको वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान हुने जनाइएको छ ।

प्राप्तिपछि बंैकको नाम हिमालयन बैंक लिमिटेड नै रहने तथा सञ्चालक समिति हिमालयन बैंककै रहने र सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ रहने जनाइएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोकशमशेर राणा रहने समझदारीपत्रमा उल्लेख छ ।

हिमालयन बैंकले सिभिल बंैकलाई प्राप्ति गर्ने कार्यका लागि १००ः८१ शेयर स्वाप रेसियोमा प्रारम्भिक सहमति भएको जनाइएको छ । हाल हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ तथा सिभिल बंैकको चुक्ता पुँजी नौ अर्ब सात करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी, जगेडा कोषमा हिमालयन बैंकको आठ अर्ब तीन करोड रुपैयाँ र सिभिल बंैकको दुई अर्ब ९१ करोड रुपैयाँ रहेको छ । कर्जा लगानीतर्फ हिमालयन बैंकको एक खर्ब ५८ अर्ब तथा सिभिल बंैकको ८६ अर्ब ७४ करोड रुपैयाँ रहेको र निक्षेपतर्फ हिमालयन बैंकको एक खर्ब ७२ अर्ब रुपैयाँ तथा सिभिल बंैकको ९३ अर्ब ३३ करोड रुपैयाँ रहेको जनाइएको छ ।

हिमालयन बैंकले सिभिल बंैकलाई प्राप्ति गरेपश्चात् बैंकको कूल शाखा संख्या १८९ पुग्ने जनाइएको छ । यस कदमले सस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथाकार्यक्षमतामाउल्लेख्य प्रगतिहुने र देशको सबलएवं सक्षम बंैकको रूपमा स्थापित हुने बैंकको दाबी छ । ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्ने र लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्षम हुने बैंकले उल्लेख गरेको छ । कार्यक्रममा दुवै बंैकका सञ्चालक समिति, मर्जर समिति, बंैकका प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्