Logo
Logo

श्रेष्ठ र महतोले जिते आइएमई पे को उपहार योजनाको बम्पर उपहार


567
Shares

काठमाडौं । आइएमई पेले सञ्चालन गरेको ‘हवाई टिकट काटौँ सुनचाँदी जितौँ’ योजनाअन्तर्गत सुनको सिक्का जित्ने दुईजना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ । योजनाअन्तर्गत पहिलो दुई साताको भाग्यशाली विजेता सन्देश श्रेष्ठ र दोस्रो दुई साताको भाग्यशाली विजेता रामपुकार महतो भएका छन् ।

विजेताहरूले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौंर जनकपुरबाट काठमाडौंको हवाई टिकट काटेको कम्पनीले जनाएको छ । योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरूमध्ये चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको टिकट विजेताको चयन भइसकेको जनाइएको छ ।

जेठ १ बाट सुरु भएको यस योजनामा आइएमई पे मोबाइल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकट काटेका यात्रुमध्ये योजना अवधिभरि हवाई टिकट बुक गर्ने दुईजना भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्