Logo
Logo

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नेकाे घुईंचो



बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक बढेका छन् ।

अहिले बाघ देखिने सिजन भएकाले बाघ हेर्न आउनेको भीड लाग्न थालेको छ । पछिल्लो समय जर्मनी र इजरायलबाट आएका पर्यटकले निकुञ्ज सफारी गरेका छन् ।

सफारीका क्रममा बाघ देखेका कारण उनीहरू खुसी भएको नेचर गाइड अनुराम चौधरीले बताए । ‘यो याममा पर्यटकको इच्छा पूरा हुन्छ’, उनले भने, ‘पर्यटकले सफारी गर्दा मुख्य उद्देश्य बाघ हेर्ने हुन्छ ।’

बाघकै कारण आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको ‘कोर एरिया’मा सफारी तथा ‘जङ्गल वाक’ गर्ने पर्यटक बढेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

‘यो वर्षमात्रै १० हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्