
कञ्चनपुर । भारत उत्तराखण्डकाे तपोवन, धारचुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएपछि महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
सिल्ट फ्लसिङका लागि बाँधका ढोका खोलिन लागेका हुन् । यसले महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना भएकाले पूर्व सतर्कता अपनाउनका लागि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।
भारतको एनएचपिसी लिमिटेडले साँझ ८ बजेसम्म बाँधका ढोका खोलिन लागेको जनाएको छ ।
पूर्वसतर्कतासँगै नदीको जलस्तरबारे निगरानी राख्ने कार्यसमेत भइरहेको छ ।











