Logo
Logo

भरतपुर महानगरले दियाे ८ विद्यार्थीलाई छात्रवृत्ति


315
Shares

चितवन । भरतपुर महानगरपालिकाले स्नातक र स्नातकोत्तर अध्ययनरत ८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

अपाङ्ग, लोपोन्मुख, अतिसिमान्तकृत, दलित र शहीद परिवारका विद्यार्थीलाई जनही १० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

प्राविधिक शिक्षातर्फ ५० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने महानगरको कार्यक्रम रहेको भए पनि पहिलो वर्ष ८ जनाले मात्रै आवेदन दिएका थिए ।

छात्रवृत्ति प्रदान गर्दै महानगरका मेयर रेनु दाहालले महानगरले शिक्षाको पहुँचबाट कसैलाई पनि वञ्चित हुन नदिने बताइन् ।

विद्यार्थीले प्राविधिक शिक्षा उत्तीर्ण गर्दासम्म हरेक वर्ष यो छात्रवृत्ति प्रदान गरिने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्