काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही असार २७ गते १५औँ वर्ष पार गरी १६औँ वर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘समृद्धिको उत्सव’ भन्ने मूल नाराका साथ १६औँ वार्षिकोत्सवका अवसरमा १६ वर्षसम्मकोे निरन्तर यात्रामा सहयात्री भइ साथ दिने ग्राहक, शुभचिन्तक, नियामक निकाय एवं साझेदार संस्थाहरुलाई धन्यवाद व्यक्त गरेको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ भन्ने नारालाई आत्मसाथ गर्दै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसले आगामी दिनमा अझ सुदृढ सेवा र सुविधा दिँदै ग्राहक महानुभावहरूको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्घता पनि गरेको छ ।












