Logo
Logo

प्रभु लाइफ र महालक्ष्मी लाइफबीच मर्जर सम्झौता


315
Shares

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिहीबार मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ ।

काठमाडौंमा एक कार्यक्रमका बीच प्रभु लाइफका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । दुवै कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा एकापसमा गाभिने छ भने मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहने जनाइएको छ ।

मर्जरपछि सञ्चालक समितिको अध्यक्षमा हालका प्रभु लाइफका अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफका भट्टराई रहने सम्झौता भएको छ । कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्