Logo

कवि नवीन प्राचीनको ‘प्वाँख’ बजारमा



काठमाडौँ । ​पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ बजारमा ल्याएको छ । कवि नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उत्रिन दिन्छन् । यस संग्रहमा ८७ कविताहरु संग्रहित छन् ।

पुस्तकबारे बोल्दै कवि प्राचीन भन्छन् , ‘कविता मभित्र कुनै कोमल भावना बनी अवतरित भए । मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु । वषौँ जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खुशी छु ।’

कवि प्राचीनका निजात्मक शैलीका कवितालाई कवि नवराज पराजुली ‘सुफी-शैलीका कविता’ भन्न रूचाँउछन् । ‘प्वाँख’ भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ ।’, पुस्तकबारे कवि नवराज पराजुलीले भनेका छन् ‘सायद मेरो हृदयको अन्तर्ध्वनि थियो । उसका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्झिल्का थियो । तर कत्ति चाहेर पनि कतै पढ्न चाहिँ पाएको थिइनँ । आज कविताले नविनलाइ चुन्दा, त्यो अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएको छ ।’

प्रतिक्रिया दिनुहोस्