Logo
Logo

‘छेलिएका अनुहार’ बजारमा



मकवानपुर । चेपाङ, वनकरीया र गाडी बोक्ने मान्छेहरूको समाचार समेटिएको पुस्तक छेलिएका अनुहार हेटौंडामा विमोचन गरिएको छ । मकवानपुरका पत्रकार प्रताप विष्टद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’ बजारमा ल्याइएको हो ।

सो पुस्तकलाई वाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा, सन्तोषी वनकरिया, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान, वरिष्ठ साहित्यकार तुल्सी थापाले सुयुक्त रुपमा विमोचन गरेका हुन् । छेलोएका अनुहार अल्पसंख्यक चेपाङ, वनकरिया समुदाय र राणाकालमा गाडी बोक्नेहरुको विषयमा तयार पारिएको कृति हो ।

२०४९ साल फागुन १३ गतेदेखि कान्तिपुर दैनिकमा आवद्ध भएका विष्टले २०५० सालमा अल्पसंख्यक चेपाङ समुदायको विषयमा समाचार लेख्न सुरु गरेका थिए । यस्तै २०५२ सालमा वनमै रहेका वनकरिया समुदायको विषयमा समाचार लेखेका विष्टलाई चेपाङ र वनकरियाको पत्रकारको रुपमा उपमा समेत दिने गरेको छ ।

पुस्तकमाथि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा। तारालाल श्रेष्ठ, चितवनका साहित्यकार एंव प्राध्यापक भूपिन, मकवानपुरका साहित्यकार तुल्सी थापा, लेखक चन्द्रकिशोर झालगायतले चर्चा गरेका थिए ।

चेपाङ, वनकरिया र गाडी बोक्नेको विषयमा तीन खण्डमा पुस्तकलाई विभाजन गरिएको उल्लेख गर्दै विष्टले भने,‘यो विशेषगरी चेपाङ र बनकरिया समुदायको विषयमा सुरुवातदेखि नै लेखिएको समाचारहरुकै एकीकृत आकारको रुपमा रहेको छ । यो एउटा दस्तावेज हो ।’ चेपाङ र वनकरिया समुदायका समस्या नै समस्याको कथाहरु समेटिएको विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्