Logo
Logo

एक लाख १६ हजार नगदसहित १५ जुवाडे पक्राउ



काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँस्थित घेन्टुक चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

मकवानपुर घर भएका ४४ वर्षीय देव कुमार मोक्तान लगायतको साथबाट ६६ हजार रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट ५० हजार रूपैयाँ नगद र १९ बुक तास सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले रामेछाप मन्थली नगरपालिका-२ घर भई हाल भक्तपुर कौशलटार बस्ने २८ वर्षीय बुद्धि बहादुर बुढाथोकी सहित ९ जनालाई पक्राउ गरेको हो

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्