Logo
Logo

९१ हजार नगदसहित ११ जुवाडे पक्राउ



धनगढी । बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेतबाट जवातास खेलीरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले ९१ हजार ५७५ रुपैयाँ नगदसहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–९ देवलका दिपक खड्का, इन्द्रबहादुर खड्का, नवराज धामी, दीर्घ कठायत, वडा नम्बर ८ बस्ने नन्दबहादुर बोहरा, स्थानीय शिक्षक मकरबहादुर सिंह, छविसपाथिभेरा गाउँपालिका–२ का विरेन्द्र कठायत, दर्शन रोकाया, गगनबहादुर कठायत, अनिल मण्डेल र घरधनी विष्णु मण्डेल रहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर विष्टले जानकारी दिए ।

उनीहरु मध्ये अधिकांश सरकारी सेवाबाट अवकास पाएका कर्मचारी रहेका छन् भने केही व्यापारी र स्थानीय किसानहरु रहेको डीएसपी विष्टले जनाए । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्